दुई अर्ब वर्षअघिको महाविष्फोटन : जसले पृथ्वीलाई बस्नयोग्य बनायो !
पृथ्वी जीव बस्नप्रतिकूलबाट अनुकूलतातर्फ
कहिले आयो होला ? यसबारे धेरै जिज्ञासु हुनसक्छन् । पृथ्वीको यो परिवर्तन
प्रक्रियाबारे अध्येताहरुले आफ्नो अध्ययन जारी राखेका छन् । पृथ्वीको
परिवर्तन प्रक्रियाबारे पहिले सोचेभन्दा फरक र नाटकीय किसिमको रहेको तथ्य
बाहिर आएको छ ।
दुई अर्ब तीन करोड वर्षअघि पृथ्वीमा रहेको
अक्सिजनको महाविस्फोटन भएको र सोही विष्फोटनले पृथ्वीलाई जीवहरुको घरमा
परिवर्तन गरेको नयाँ तथ्य खुलेको हो ।
करिब दुई अर्ब वर्षपहिलेको एउटा समुद्री नुनले पृथ्वीको अक्सिजन सन्तुलनमा ल्याएको खुलेको हो ।
करिब दुई अर्ब वर्षपहिलेको एउटा समुद्री नुनले पृथ्वीको अक्सिजन सन्तुलनमा ल्याएको खुलेको हो ।
जसलाई विशाल अक्सिडेसन इभेन्ट भनिएको छ ।
अध्येताहरुका अनुसार लाखाँै वर्षको प्रक्रियाअनुसार अक्सिजन बनेको भन्दा
पनि यो एक्कासि भएको हुनसक्छ । जसले समुद्र र जमिनमा अर्थपूर्ण परिवर्तन
ल्याइदियो ।
प्रिन्स्टनस्थित जिओसाइन्सेज विभागका एक जना
पोष्टडक्टोरल क्लारा ब्ल्याटरका अनुसार थोपा थोपा खस्ने प्रक्रियाको सट्टा
यो एक्कासि विस्फोट भएको हुनसक्छ । ‘यो नै अक्सिजन उत्पादनमा मुख्य
परिवर्तन थियो’, उनले भनिन् ।
यो नयाँ तथ्य उत्तरपश्चिम रसियाको
कारेलियास्थित १.२ माइल गहिराइबाट संकलन गरिएको चम्किलो साल्ट रक्स (नुन
चट्टान)को विश्लेषणपछि बाहिर आएको हो । हावामा २० प्रतिशत अक्सिजन हुन्छ ।
तर अर्ब वर्षअघि यस्तो थिएन ।
साल्ट क्रिष्टलमा ठूलो परिमाणमा अक्सिजन अनि सल्फरको प्रतिक्रियाबाट बनेको सल्फेट पाइएको थियो । तस्बिर : डेली मेलबाट |
करिब दुई अर्ब वर्ष पहिलेदेखि अक्सिजन देखिन सुरु गरेको मानिएको छ । तर यो क्रमिक थियो कि अचानक थियो भन्नेचाहिँ रहस्यकै गर्भमा रहेको छ । प्राचीन पानीको बरफ हुने प्रक्रियाबाट बनेको साल्ट क्रिष्टलमा अध्येताहरुले ठूलो परिमाणमा सल्फेट रहेको र त्योचाहिँ सल्फर र अक्सिजनको प्रतिक्रियाबाट बनेको पाइएको थियो ।
करिब दुई अर्ब वर्ष पहिलेदेखि अक्सिजन देखिन
सुरु गरेको मानिएको छ । तर यो क्रमिक थियो कि अचानक थियो भन्नेचाहिँ
रहस्यकै गर्भमा रहेको छ । प्राचीन पानीको बरफ हुने प्रक्रियाबाट बनेको
साल्ट क्रिष्टलमा अध्येताहरुले ठूलो परिमाणमा सल्फेट रहेको र त्योचाहिँ
सल्फर र अक्सिजनको प्रतिक्रियाबाट बनेको पाइएको थियो ।
अध्येता टोलीका अनुसार उक्त तथ्यले पृथ्वीको
विशाल अक्सिडेसन इभेन्ट द्रुतगतिमा र आश्चर्यजनक रुपमा भएको थियो । उक्त
साल्ट रक्सलाई अध्येताहरुले बलियो प्रमाण मानेका हुन् ।
यो चट्टानसँगै दुई अर्ब वर्षअघिको पृथ्वीको
वायुमण्डल—समुद्री व्यवस्थामा अक्सिजनको म्याग्निच्युडबारे यसअघिको
तथ्यबारे पुनर्विचार गरिनुपर्ने उनीहरुको कथन छ ।
उनीहरुका अनुसार अहिले पाइएको क्रिष्टल अर्बौँ वर्षअघिको भएको र यसअघि पाइएभन्दा निकै पुरानो समेत हो । यसमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम र चट्टानी तत्वहरुको मिश्रण रहेको छ ।
उनीहरुका अनुसार अहिले पाइएको क्रिष्टल अर्बौँ वर्षअघिको भएको र यसअघि पाइएभन्दा निकै पुरानो समेत हो । यसमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम र चट्टानी तत्वहरुको मिश्रण रहेको छ ।
अहिलेसम्म त्यसबेलाको प्रमाण फेला नपर्दा
तत्कालीन अवस्थामा पृथ्वीको हावापानीसम्बन्धी विश्लेषण गर्न नै गाह्रो
हुँदै आएको थियो । उक्त चट्टान लेक ओनेगाको भित्री भागमा ओनेगा पारामेट्रिक
होल (ओपीएच) ड्रिलिंग गर्दा पाइएको हो । सजिलै पग्लिने यस्ता मिनरल्सहरु
समयसँगै हराउँदै जाने भए पनि पृथ्वीकै गर्भमा पुरिएर यस्ता विशेष किसिमका
नमूनाहरु सुरक्षित रहिरहन्छन् ।
प्रिन्स्टनकै सहायक प्राध्यापक जोन
हिगिन्सका अनुसार यो एकदमै विशेष श्रेणीको रहेको छ । त्यसो त ग्रेट
अक्सिडेसन इभेन्टबारे थुप्रै तर्कवितर्क रहे पनि उक्त घटनाले अक्सिजन
उत्पादन प्रक्रियामा ठूलो परिवर्तन ल्याएकोमा विश्वास गर्न सकिने उनको भनाइ
छ ।
यो अध्ययनले पृथ्वीको अक्सिजेनेसनबारे
प्रमाण दिने अध्येताहरुले बताएका छन् । यो नयाँ तथ्यले ग्रेट अक्सिडेसनबारे
नयाँ अध्ययनलाई मद्दत गर्ने बताइएको छ ।
- डेली मेलबाट भावानुवाद गरिएको ।
Post a Comment