सलमान खानको धरौटीको अपिलमा शनिबार सुनुवाई हुने
मुम्बई । बलिवुड अभिनेता सलमान खान को धरौटीको अपिलको सुनुवाई शनिबार हुने भएको छ ।
विहिबार राजस्थानको जोधपुरस्थित जिल्ला
अदालतले २० बर्षअघि कालो हरिण मारेको प्रकरणमा सलमानलाई ५ बर्षको जेल सजाय
दिएपछि सलमानले विहिबार नै धरौटीमा रिहा हुन राजस्थानकै सेसन कोर्टमा अपिल
गरेका थिए ।
सलमानको सो अपिलमा आज भएको बहसपछि न्यायधिशले यसको निर्णय भोलि मात्र दिने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सलमान खानलाई विहिबार अदालतले सजाय
सुनाउनासाथ हिरासतमा लिइएको थियो ।उनलाई विहिबार नै हिरासतमा लिएर जेल चलान
गरिएको छ । सेसन कोर्टबाट राहत नपाएमा सलमान हाई कोर्ट र सर्वोच्च
अदालतसम्म जानु पर्ने हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । यस्तो
भएमा सलमान अझै केहि दिन जेलमै बस्नुपर्ने देखिएको छ ।
कालो हरिणको शिकार प्रकरणमा दोषी बनाइएका सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमलाई भने आरोपबाट मुक्त गरिएको छ ।
सन १९९८ मा फिल्म ‘हम साथ साथ है’ को
सुटिंगमा क्रममा भएको यो घटनामा सलमानका अलावा सैफ अलि खान, अभिनेत्री
तब्बु, सोनाली बेंद्रे र नीलमलाई पनि दोषी बनाइएको थियो ।
सन १९९८ को अक्टुबर २ तारिखमा सलमानले
जोधपुरको कंकाणी गाउँ सहित तीन अलग अलग ठाउमा हरिणको शिकार गरेको आरोप
लागेको थियो । सलमानले सो रात दुई कालो हरिणको शिकार गरेको र त्यसका लागि
सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमले उनलाई उक्साएको
आरोप लगाइएको थियो ।
कालो हरिणको शिकारका अन्य दुई प्रकरण
अदालतले सलमानलाई सफाई दिएपनि राजस्थान सरकारद्वारा सलमानलाई दिइएको ५ बर्ष
र एक बर्षको सजाय माफीको फैसलाविरुद्ध भारतको सर्वोच्च अदालतमा अपिल गरेको
छ ।
Post a Comment