विपीको अनुयायीका रुपमा प्रधानमन्त्री हुन पाएकोमा गर्व छ- देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले विपी कोइरालाको अनुयायीको रूपमा प्रधानमन्त्री हुन पाएकोमा आफूलाई गर्व लागेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले विपी जस्तो सफल व्यक्तित्व मुलुकले अझै पाउन नसकेको स्मरण गराए । विपी कोइरालाको १ सय ३ औं जन्मजयन्तीको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले विपी कोइरालालाई राजनीति मात्रै नभएर साहित्य र दर्शनको प्रखर व्यक्तित्वको रूपमा पनि परिचित भएका बताएका छन् ।
उनले विपीको राजनीतिक साहित्यले मुलुकलाई अघि बढाउन सहयोग पुग्दै आएको उल्लेख गर्दै त्यसको प्रचार प्रसार अभियानलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । त्यस अवसरमा प्रधानमन्त्री देउवाले विपीबारे अझै खोज, अनुसन्धान गर्न सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
हेरौं भिडियो

Post a Comment