मुख्यमन्त्रीले गरे नारायणगढ-मुग्लिन सडकको अनुगमन
१ फागुन, हेटौंडा । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल पदभार
सम्हालेको भोलिपल्टै सडक अनुगमन गरेका छन् । मुख्यमन्त्री पौडेल र
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले मंगलबार विस्तारको
क्रममा रहेको नारायणगढ मुग्लिन सडकखण्डको संयुक्त अनुगमन गरेका हुन् ।
मुख्यमन्त्रीको टोली १५ किलो भन्ने ठाउँ सम्म पुगेको थियो । पौडेलले सडक विस्तार सुरु भएको लामो समय बित्दा पनि नसकिएको भन्दै छिटो काम सक्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।
‘मुख्यमन्त्रीले कडा निर्देशन दिनु भएको छ । समयमा काम भएन भने ठेक्का
नै खारेज गर्ने चेतावनी दिनु भएको छ’ मन्त्री जम्मरकट्टेलले नेपाली खबरलाई
बताए ।
मुख्यमन्त्रीलाई अहिलेसम्म आयोजनाको काम ७५ प्रतिशत सकिएको जानकारी गराइएको आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले बताए ।
अनुगमनकै क्रममा मुख्यमन्त्रीको टोलीले दासढुङगामा रहेको मदन भण्डारी र जिवराज आश्रतिको शालिकमा माल्यार्पण पनि गरेको थियो ।
मुख्यमन्त्रीको टोली १५ किलो भन्ने ठाउँ सम्म पुगेको थियो । पौडेलले सडक विस्तार सुरु भएको लामो समय बित्दा पनि नसकिएको भन्दै छिटो काम सक्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।
‘मुख्यमन्त्रीले कडा निर्देशन दिनु भएको छ । समयमा काम भएन भने ठेक्का
नै खारेज गर्ने चेतावनी दिनु भएको छ’ मन्त्री जम्मरकट्टेलले नेपाली खबरलाई
बताए ।मुख्यमन्त्रीलाई अहिलेसम्म आयोजनाको काम ७५ प्रतिशत सकिएको जानकारी गराइएको आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले बताए ।
अनुगमनकै क्रममा मुख्यमन्त्रीको टोलीले दासढुङगामा रहेको मदन भण्डारी र जिवराज आश्रतिको शालिकमा माल्यार्पण पनि गरेको थियो ।

Post a Comment