सर्वोच्चको आदेशले प्रचण्डलाई चिसो, ओलीलाई झस्का
फाइल तस्बिर।
मनोज सत्याल
काठमाडौं, कात्तिक ९
बिहीबार दिउँसो राजधानीको अल्फाबिटा कम्प्लेक्समा अायोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्चको अादेशले अाफूहरुलाई झस्काएको बताए।
‘मानहानी मुद्दा भनेको छ त्यसमा छुँदै नछोई दुई मतपत्र छाप्ने विषयमा प्रगति मागेको कुराले हामीलाई झस्काएको छ’, पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने।
अोलीपछि बोलेका माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्चको अादेशले चुनाव सार्ने नभए पनि यसले मनमा चिसो पसेको बताए।
झस्का पसेको वाम गठबन्धनका नेता केपी शर्मा ओलीले बताएका छन्।
घरमै बसेर अनलाइनबाट पैसा कमाउन यहाँ क्लिक गर्नुहोस
सर्वोच्चले प्रदेश र प्रतिनिधि सभाको चुनावमा प्रत्यक्षतर्फ अलग–अलग मतपत्र छाप्ने विषयमा भएको प्रगतिबारे निर्वाचन आयोगलाई तीन दिनभित्र विवरण बुझाउन बुधबार आदेश दिएको थियो।
प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेश सभाको मतपत्र एउटै पानामा शुक्रबारदेखि छाप्ने तयारी गरिरहेको निर्वाचन आयोगलाई सर्वोच्चले दुई फरक मत पत्र छाप्ने विषयमा प्रगति विवरण मागेको हो।
सर्वोच्चको आदेशपछि एमाले स्थायी समिति बैठकले कुनै पनि बहानामा चुनावलाई प्रभावित पार्ने काम स्वीकार्य नहुने बताएको छ। सोही विषयमा धारणा सार्वजनिक गर्न दुई दलले आज संयुक्त पत्रकार सम्मेलन गरेका हुन् ।
Post a Comment