Header Ads

छठमा विराटनगरका मेयरको कठोर व्रत

९ कात्तिक, बिराटनगर । बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको अवसरमा कठोर व्रत बसेर पुजा अर्चाना गरेका छन् ।

उनले नगरबासीको शान्ति, सुरक्षा, सुख र समृद्धिको कामना गर्दै विराटनगर-३ स्थित आफ्नो निवासबाट एक किलो मिटर टाढा रहेको सिंघीया खोलाको घाटसम्म भूईंमा घस्रेर पुगेका थिए ।
दण्डप्रणाम गर्दै मेयर पराजुलीले अस्ताउँदो सूर्यलाई अर्घ दिए । ‘यस व्रतमा पानीसमेत पिउन पाइन्न, दण्डप्रणाम कठिन धार्मिक कार्य हो ।’ मेयर पराजुलीले भने । उनले घस्रेर यात्रा गर्ने र छठको व्रत बसेको १४औं पटक भएको बताए ।

घरमै बसीबसी पैसा कमाउन यहाँ क्लिक गर्नुहोस...

शरिर पुरै सुतेर हातले जमिनमा रेखा कोर्दैं गन्तव्यस्थलमा पुग्नु पर्ने यो ब्रतको नियम हो । ३० वर्षको उमेरदेखि पराजुलीले छठको पहिलो दिन मंगलबार चोखो नितो भई साँझ लौकाको तरकारी मात्र खाएर मेयर पराजुलीले बुधबार दिनभर अन्न समेत नखाइ साँझ खरना पूजा गरेर खिर खाएर बसेका थिए ।

मेयर पराजुली आज दण्डप्रणाम गर्दै सिंघीयामा पुगेर अस्ताएको सूर्यलाई अर्घ दिएर पैदल फकेका थिए ।
शुक्रबार (भोलि) बिहान पैदल यात्रा गरी उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्ने उनले वताए ।
महानगर प्रमुख पराजुलीले धार्मिक आस्थाका आधारमा साइत हेराएर मात्रै हरेक कामको सुरुवात गर्दै आएका छन् । पराजुलीले मेयर पदमा उम्मेद्वारी दिँदा, भोट हाल्दा, सपथग्रहण गर्दा र पदभार ग्रहण गर्दा पनि हिन्दु विधि हनुसार साइत हेरेरै मात्र गर्दै आएका छन् । उनको विहानको दैनिकी करिव दुई घण्टा पुजा अर्चानामा वित्ने गरेको छ ।

No comments