मन्त्रीलाई आची गराउने अनौठो आन्दोलन
बीबीसी
आन्दोलनका अनेकन रुप हुँदा रहेछन् । न्यूजिल्याण्डका वातावरण अधिकारकर्मीले सरकारको पानीसम्बन्धी नीतिको विरोधमा निकै अनौठो उपाय अबलम्बन गरेका छन् ।
क्राइस्टचर्चस्थित काउन्सिल कार्यालय बाहिर वातावरण मन्त्रीको भिमकाय मूर्ति खडा गरिएको छ । मन्त्रीको मूर्ति घोडाको लादीबाट बनाइएको छ । अर्को रोचक कुरा त के भने कलाकारले मन्त्रीलाई आची गराइदिएका छन् । अर्थात् मूर्तिका ती वातावरण मन्त्रीको सुरुवाल तल झरेको छ । उनको नितम्ब, मलद्वार तथा यौनांग पछाडिबाट देखिन्छ । अनि मन्त्रीले पानीको भाँडोमा आची गरिरहेका छन् ।
कलाकार निक स्मिथले सरकारको पानी गुणस्तर नीतिको विरोधमा मन्त्रीलाई पानीमा आची गराएका हुन् । सरकारको पछिल्लो पानी गुणस्तर नीतिले पानी प्रदूषणलाई खुकुलो बनाएको र यसले जलाशयहरुलाई झनै प्रदुषित बनाउने भन्दै जलअधिकारकर्मीहरु आन्दोलनमा उत्रिँदै आएका छन् ।
इन्भारोमेन्ट क्यान्टरबरीमा उक्त मूर्ति लगेर प्रदर्शन गर्ने योजना रहेको भए पनि अदालतको आदेशका कारण त्यो रोकियो र नजिकैको सार्वजनिक स्थापना मूर्ति स्थापना गरियो । सडकमा राखिएको मन्त्रीको नांगो नितम्ब सरकारी भवनतर्फ फर्काइएको थियो ।
वातावरणमन्त्री निक स्मिथले चहिँ यस्तो कच्चा कलाकारिताबाट आफू आक्रोसित नभएको भन्दै यस्तो आलोचना सहने बानी आफूलाई परिसकेको बताएका छन् ।

Post a Comment