Header Ads

गाडी किन्दै हुनुन्छ ? जान्नुस् कुन बैंकले कति ब्याजदरमा ऋण दिन्छन्


१२ भदौं, काठमाडौं । गत वर्ष नाडा अटो शोमा ६ प्रतिशतसम्म व्याज दरमा सवारी कर्जा पाएका ग्राहकहरुले यसवर्ष भने केही बढि व्याजदर तिर्न पर्ने देखिएको छ ।

साउन र भदौंमा वाणिज्य बैंकहरुले प्रकाशित गरेका व्याजदरलाई आधार मान्ने हो भने यसपटक ग्राहकले न्युनत्तम १० प्रतिशत देखि अधिकत्तम साढे १९ प्रतिशतसम्म व्याजदर तिर्नुपर्ने हुनसक्छ ।

हुनतः भोली मंगलवारबाट सुरु हुने नाडा अटो शोमा बैंकहरुले यो दरमा केही पुनरावलोकन गर्ने सम्भावना भने बाँकी नै रहेको छ । अधिकांश बैंकको आधार व्याज दर (बेस रेट) १० प्रतिशत हाराहारीमा रहेकोले सवारी कर्जाको व्याजदर औसतमा १२ प्रतिशत रहन सक्ने छ ।

यसपटक व्याज दरमा स्थिरता

गत वर्ष ६ प्रतिशत व्याज दरमा सवारी कर्जा जारी गरेका बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा नै कर्जा योग्य लगानी रकमको अभाव भएपछि व्याज दर बढेर १२/१४ प्रतिशतसम्म पुगेको गुनासाहरु सुनिएको थियो ।

यसपटक भने यो प्रवृत्तीमा केही सुधार भने हुनसक्छ । कर्जा लिदाको समयमा बाचा गरेभन्दा विपरित बारम्बार व्याज दर वृद्धि नगर्न सर्वोच्च अदालतले निर्देशन दिएको छ । सर्वोच्चको निर्देशन अनुसार राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको छ ।

कर्जा लिन के के हुनुपर्छ ?

नाडा अटो शोमा बैंकहरुले समेत कर्जा प्रवाह गर्नको लागि स्टल राखेका हुन्छन् । त्यहीबाट कर्जा प्रक्रिया अगाडी बढाइन्छ ।
कतिपय बैंकले भने कर्जा लिनको लागि केही मापदण्ड तोकेका छन् । कर्जाको अवधि पनि यसै मध्येको एक हो । प्राय कर्जा भुक्तान गरिसक्ने अवधि ५ देखि ७ वर्षसम्म राखिएको छ ।

कतिपयले कर्जा लिन सकिने रकमको समेत सीमा तोकेका छन् । यो बैंक अनुसार फरक छ । कतिपय बैंकहरुले ५० लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रदान गर्ने गरेको पाइन्छ ।

राष्ट्र बैंकको हालको नियम अनुसार भने अब बैंकहरुले ग्राहकले खरिद गर्न चाहेको सवारीको अधिकत्तम ६५ प्रतिशत बराबरको रकम मात्र कर्जा लगानी जारी गर्न सक्नेछन् ।

व्यक्तिगत विद्युतीय सवारी किन्दा भने ८० प्रतिशत बराबरको रकम बैंकहरुले कर्जा लगानी दिनसक्नेछन् । तर ४० सिटे सार्वजसिनक सवारी, निर्माणमा, पर्यटन, शिक्षा, स्वास्थ्य र ढुवानीमा प्रयोग हुने सावरीमा भने बैंक आफैले कर्जा रकम निर्धारण गर्न सक्छन् ।

कतिपय बैंकले कर्जा लिने ग्राहकको उमेर पनि तोकिदिएका छन् । २१ वर्ष काँटेका र सवारीको कर्जा भुक्तानी गर्ने समयमा ६५ वर्ष उमेर नकट्ने आवेदक ग्राहकले मात्र कर्जा लिन सक्ने व्यवस्था गरेका छन् । संस्थाको नाममा सवारी लिने हो भने कम्तिमा संस्था सञ्चालनमा आएको २ वर्ष भएको हुनुपर्ने छ । यस्तो कर्जा लिने व्यक्तिगत ग्राहक रोजगारमा लागेका, व्यवसायिक वा स्वरोजगार हुनुपर्ने छ ।

हुनतः नाडा अटो शोमा गाडी बुकिङ गरेपछि कागजात पेश लगायतका अन्य आवश्यक प्रक्रिया त्यसपछि जारी राख्न सकिन्छ ।

आवश्यक कागजात

नागरिकताको प्रतिलिपि
पासपोर्ट साइज फोटो
सवारीको कोटेशन
जागिरे हो भने हालको तलब खुल्ने कागजात
संस्था वा व्यवसायी भएमा कारोबारको नाफा नोक्सान विवरण, प्यान नम्बर
१ करोड र सोभन्दा बढी रकमको कर्जा लिने व्यक्तिगत ग्राहक भएमा पनि प्यान नम्बर आवश्यक पर्छ ।


अनलाइन खबरबाट साभार

No comments