कांग्रेसको विधान संशोधनमा तीन उपसमिति कसको काम के ?
नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले हिजोमात्र तीन उपसमिति र त्यसका संयोजक तोकेको छ।
संरचनासम्बन्धी उपसमितिमा फरमुल्लाह
मंसुर, कार्य विभाजनसम्बन्धी उपसमितिमा मिनेन्द्र रिजाल र अन्य निकाय तथा
आन्तरिक व्यवस्थापनसम्बन्धी उपसमितिमा मान बहादुर विश्वकर्मा संयोजक छन्।
पार्टी विधानलाई नयाँ संविधान अनुकूल बनाउन भदौ ७ गते मस्यौदा समिति गठन भएको थियो।
त्यही समितिले कामको बाँडफाँट गर्न यो उपसमिति बनाएको हो। यी तीन उपसमितिले के/के काम गर्छन् त?
संरचनासम्बन्धी उपसमिति : यसले पार्टीको
सदस्यता वितरण गर्ने विधानको व्यवस्थामा के परिवर्तन गर्ने भन्नेबारे छलफल
गरी एउटा प्रतिवेदन बनाउने छ। सदस्यताको वर्गीकरण गर्ने, सदस्यता नरहने
अवस्था, सदस्यताको आचारसंहिता र काम कर्तव्य अधिकार पनि यही उपसमितिले तय
गर्ने छ।
मुलुक संघीयतामा गए पनि कांग्रेसको संरचना
भने केन्द्र प्रधान छ। यही संरचनालाई संशोधन गरेर संघीयता अनुकूल बनाउने
काम पनि यो उपसमितिले गर्ने छ। स्थानीय, प्रदेश र केन्द्रीय तहका संरचना
कस्ता हुने भन्ने तय गर्ने छ। यी तीनै तहका बीचमा हुने सम्बन्ध कस्तो हुने र
समन्वय कसरी गर्ने भन्नेबारे टुंगो लगाउने काम यही उपसमितिबाट हुने गरी
कार्यविभाजन गरिएको छ।
कार्य विभाजनसम्बन्धी उपसमिति : यो
उपसमितिले भने पार्टीका सबै तहका संरचनाको काम कर्तव्य अधिकार तोक्ने छ। ती
संरचनामा निर्वाचनबाट पदपूर्ति हुने र मनोनयन हुने पद कति राख्ने यही
उपसमितिले तय गर्नेछ। पदाधिकारीको काम कर्तव्य अधिकार के हुने, पदाधिकारीको
योग्यता कस्तो हुने, तीनै तहका संसदीय दल र सरकारसँगको समन्वय कसरी गर्ने
भन्नेबारे कार्यविभाजनसम्बन्धी उपसमितिले प्रतिवेदन बनाउने छ।
अन्य निकाय तथा आन्तरिक
व्यवस्थापनसम्बन्धी उपसमिति : प्रतिष्ठान, विभाग, भातृ संस्था, शुभेच्छुक
संस्था र जनसम्पर्क समिति तथा कोष, लेखा, परीक्षण, अनुशासन र निर्वाचनको
व्यवस्थापन, यिनको गठन, काम कर्तव्य अधिकारबारे विधानमा कस्तो व्यवस्था
गर्ने भन्नेबारे प्रतिवेदन यो उपसमितिले बनाउने छ।
यी सबै उपसमितिलाई एक हप्ताभित्र
प्रतिवेदन पेश गर्न समय दिइएको छ। त्यसपछि उक्त एकीकृत प्रारम्भिक मस्यौदा
बनाइने समितिका सदस्य नवीन्द्रराज जोशीले बताए।
Post a Comment