प्रधानमन्त्री ओलीको सपथग्रहण ४ बजे
वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए ।
बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एक-एकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।
ओली दलको नेता चयन हुँदै
यसैबीच एमाले संसदीय दलको पहिलो बैठक मध्यान्ह पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । यो बैठकले ओलीलाई संसदीय दलको नेता चयन गर्ने स्रोतले जनाएको छ ।
एमाले संसदीय दलमा ओलीको सुबिधाजनक बहुमत छ
Post a Comment