Header Ads

चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासगैँ चुनावी महोल सुरु (भिडियो सहित)




चितवन, ९ कात्तिक । केन्द्र तथा प्रदेशको निर्वाचनका लागि चितवनमा चुनावी महोल सुरु भएको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगैचुनावी महोल सुरु भएको हो ।
साथै निर्वाचनको तयारी बढेको छ । आयोगको निर्णय अनुसार चितवनमा मुख्य निर्वाचन अधिकृतको जिम्मा जिल्ला न्यायाधीश कुलप्रसाद शर्मालाई दिइएको छ भने क्षेत्र नम्बर १ मा परमेश्वर पराजुली र क्षेत्र नम्बर ३ मा शम्भुराज रेग्मीलाई निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर्वाचन अधिकृत शर्माले चितवमा यसपटक भव्य र सभ्य रुपमा निर्वाचन सम्पन्न हुने बताएका छन् । विगतमा धेरै निर्वाचनको अनुभव लिएको उल्लेख गर्दै मुख्य निर्वाचन अधिकृत शर्माले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न आफूले सक्दो पहल गर्ने बताए ।
झण्डै ७ महिनापछि जिल्लामा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा त्यस्तो घटना नदोरियोस भनेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सचेत वन्ने बताएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै निर्वाचन अधिकृतहरुले स्थानीय तहको मतगणनाका क्रममा हुने घटनाका विषयले गम्भीर बनाएको बताए । यसअघि स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने रहेका थिए । उनी जिल्ला समन्वय समिति चितवनको निर्वाचन गराएर काठमाडौं गएका छन् । उनको स्थानमा मुख्य निर्वाचन अधिकृत बनेर आएका छन् प्रमुख जिल्ला न्यायधीश कुलप्रसाद शर्मा ।
Online Job from home

 २०५१ सालदेखि निर्वाचन अधिकृत हुँदै निर्वाचन गराएको अनुभव रहेको बताउने शर्माले भरतपुर महानगरको निर्वाचनको विषयले जिल्लाको बिग्रिएको छवि आगामी दिनमा सुधार्ने प्रतिवद्धता जनाए । पत्रकारसँगको छलफलमा शर्मा यहि विषयमा बढी केन्द्रित थिए ।
‘विगतमा भरतपुर महानगरको निर्वाचनको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित गर्‍यो, त्यसका विषयमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ’ मुख्य निर्वाचन अधिकृत शर्माले भने, ‘बिग्रिएको जिल्लाको छवि राम्रो बनाउँछु ।’

निर्वाचनलाई सफल बनाउन सवै पक्षको उत्तिकै साथ र सहयोगको अपेक्षा कार्यालयले लिएको उनले बताए ।
यसअघिका मुख्य निर्वाचन अधिकृतले सूचना दिन कञ्जुस्याईं गरेको सन्दर्भमा शर्माले निर्वाचनका समग्र गतिविधीको सूचना व्यवस्थापन र प्राप्तीमा कुनै पनि समस्या नहुने गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसादद भट्टले स्थानीय तहको निर्वाचनले पाठ सिकाएकोले विगतको चुनौती र अनुभवका आधारमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित बनाउने प्रतिवद्धता जनाए ।
‘तनावका बीच पनि काम गर्न सक्ने कन्पिन्फिडेन्ट हामीमा आएको छ ।’ प्रजिअ भट्टले भने, ‘यसपटक पनि चितवनको ध्यान राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा केन्द्रित बन्ने छ ।’
(तस्वीर र भिडियो सुजन पण्डितबाट)
समाचार सौराहा अनलाइनबाट ।

No comments