वीरगञ्जमा ठूला दलका मधेसी उम्मेदवार, राजपाले उठायो पहाडीमूलका राजेशमान
राष्ट्रिय जनता पार्टीले वीरगञ्ज महानगरपालिकामा मेयरपदको लागि राजेशमान सिंहलाई उम्मेदवार उठाएको छ। उपमेयर अझै टुंगो लगाएको छैन।
उनी व्यापारीक पृष्ठभुमिबाट राजनीतिमा आएका व्यक्ति हुन्। दोस्रो संविधानसभामा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट पर्सा क्षेत्र नम्बर १ को लागि सांसदमा उठेका थिए। तर ५७ सय मत ल्याएर उनले चुनाव हारे।
मधेस आन्दोलनको केन्द्र मानिदै आएको यो शहरमा राजपाले पहाडीमूलका सिंहलाई मेयरपदका लागि चुन्यो भने ठूला दलले मधेसीलाई चुनेका छन्। राजपाले सबैलाई समेटेर अघि बढ्न सक्छन् र यो पार्टी सबैको पार्टी हो भन्ने सन्देश दिन सिंहलाई मेयर पदमा उठाएको राजपाका महासचिव केशव झाले बताए।
‘मधेसमा पहाडी मूलका ४० प्रतिशत मतदाता छन् उनीहरुको पनि प्रतिनिधित्व होस र साम्प्रदायिक सद्भावका लागि वीरगञ्जमा सिंहलाई उठाएका हौँ,’ उनले भने, ‘उनी मधेस आन्दोलनको अग्रपङ्तिमै थिए त्यसैले उम्मेदवारी पाए। राजपा सबैको पार्टी हो भन्ने सन्देश दिन पनि उनलाई उठाउने निर्णय पार्टीले गरेको छ।’
कांग्रेसले पूर्व सांसद अजय द्वीवेदी, एमालेले बसरुद्धिन अन्सारी र माओवादीले रहबर अन्सारीलाई मेयर उम्मेदवार बनाएका थिए। त्यस्तै समाजवादी फोरमले विजय सरावगीलाई उठाएको छ।
राजपाबाट वीरगञ्जको मेयरपदमा पूर्व सांसद विमल श्रीवास्तव पनि आकांक्षी थिए। उनी २०५४ सालको स्थानीय चुनाव जितेर मेयर बनेका थिए।

Post a Comment