Header Ads

गैह्र आवासीय नेपाली संघ बेलायतको अधिवेसन आज, सदस्यको उम्मेदवारीमा संघर्षशील तिलक भट्टाराई

गैह्र आवासीय नेपाली संघ  बेलायतको नयाँ नेतृत्वको लागी सन २०१७ को  निर्वाचन तथा उम्मेदवारी दर्ता सम्पन्न भएको छ  । उम्मेदवारी दिनेहरुमा अध्यक्ष पदका लागी कृष्ण प्रसाद तिमल्सिना, हिराधन राई र योगकुमार फगामी रहेका छन भने उपाध्यक्षमा दयानिधि सापकोटा लगायत ११ जनाको उम्मेदवारी परेको छ । यस्तै महासचिव पदको लागी खुसिमान तावा लिम्बू, फडीन्द्र भट्टराई र राजकुमार त्रिपाठीको उम्मेदवारी रहेको छ ।
यस्तै सदस्य पदको लागी अर्क राज तिम्सिना, कमल कंडेल, कोस्लेस्वर ढकाल, गंगा बहादुर राना, जित बहादुर रानाभाट, डेबिंद थापा, तिलकराम भट्टराई, पवन शर्मा, पवन राई, पर्शुराम पांडे, विमला लिम्बू, बिष्णु प्रसाद खरेल, मनीष खड्का, मुकेश राना र होमनाथ पौडेलको उम्मेदवारी रहेको छ ।
आई.सी.सी. सदस्यमा अर्जुन कुमार कटुवाल लगायत ५ जनाको उम्मेदवारी रहेको गैह्र आवासीय नेपाली संघ बेलायतले जनाएको छ ।
निर्वाचनले अध्यक्ष सहित बिभिन्न पदमा २८ जनाको कार्यसमिति निर्वाचित गर्ने छ 

सदस्यको उम्मेदवारीमा संघर्षशील तिलक भट्टाराई 



 बेलायतमा करिब ९ बर्ष अघि बिध्यार्थीको रुपमा अाएर हाल सफल अनि संघर्षशील ब्यवसायीको रुपमा स्थापित  तिलक भट्टाराईको उम्मेदवारी सदस्य पदमा रहेको छ  । गैह्र आवासीय  नेपालीहरुको बिभिन्न कार्यक्रममा प्रत्यक्ष तथा परोक्ष सहभागी हुदै आएका ऊनि गैह्र आवासीय नेपाली संघको सदस्य पदबाट नेतृत्वमा आउदै छन ।
बेलायतमा बढ्दै गएको नेपाली आप्रवासीको संख्या र उनिहरुको समस्याको बारेमा नेतृत्व गर्न सक्ने युवा शक्तिको आवश्यकता महसुस गरी एन आर एन ए बेलायतमा आफुले उम्मेदवारी दिएको उनले बताए  ।

बेलायतमा बढ्दै गएको नेपाली आप्रवासीको संख्या र उनिहरुको समस्याको बारेमा नेतृत्व गर्न सक्ने युवा शक्तिको आवश्यकता महसुस गरी एन आर एन ए बेलायतमा आफुले उम्मेदवारी दिएको उनले बताए  । यस्तै बेलायतवासी नेपालीको हितको लागी सबैजनाले मिलेर सकारात्मक उद्धेश्यको साथ कार्य गर्नका लागी उनले   सम्पुर्ण एन आर एन मित्रहरुबाट  सहयोगको लागी अपील गरेका छन ।

 

हेर्नुहोस कसको उम्मेदवारी कुन पदमा 



 

No comments