Header Ads

टिकट नपाएपछि श्रीवास्तावले राजपा छाडे, फोरम लोकतान्त्रिकबाट मेयर उठ्ने

२० भदौ, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको टिकट नपाएपछि महामन्त्री विमल श्रीवास्तवले राष्ट्रिय जनता पार्टी नेपाल परित्याग गरेका छन् ।

राजपाले मेयरमा राजेशमान सिंहलाई टिकट दिएको छ । लगतै श्रीवास्तवसहितको समूहले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टी नेतृत्व पैसामा विकेको र दलाली गरेर जनभावना विपरित टिकट बाँडेको उनको आरोप छ ।

श्रीवास्ताव, विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । उनले वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट पाउनेछन् ।

उनी वीरगञ्जका पूर्व मेयर पनि हुन् ।

वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अजयकुमार द्विवेदीलाई मेयर र शान्ति कार्कीलाई उपमेयर बनाउने निर्णय गरेको छ ।

एमालेले बसरुद्धिन अन्सारी, माओवादीले रहबर अन्सारी र संघीय समाजवादी फोरमले विजय सरावगीलाई मेयरको उम्मेदवारको रुपमा अघि सारेका छन् ।

No comments