राष्ट्रपतिको ‘हनिमुन’मा ३१ लाखको मेकअप
एजेन्सी। एक सय दिनमा एउटा सामान्य व्यक्तिले आफ्नो सिँगारपटारमा कति खर्च गर्ला ? महिलाको हकमा मेकअपको खर्च अलिक बढि आउला तर पुरुषको हकमा चाहिँ सामान्यतया खासै उल्लेखनीय नहोला त्यो खर्च ।
तर फ्रान्सका तन्नेरी राष्ट्रपति इम्यानुअल म्याक्रोले आफुले सत्ता सम्हालेको १ सय दिन अर्थात हनिमुन अवधिमा मेकअपमै झण्डै ३१ लाख रुपैयाँ बराबरको रकम खर्च गरेका छन् ।
ली प्वाइन्ट नामक म्यागेजिनका अनुसार राष्ट्रपति म्याक्रोले सुरुवाती १ सय दिनमा आफ्नो मेकअपमै २६ हजार युरो खर्च गरेका हुन् । यो तथ्यलाई राष्ट्रपति कार्यालयले समेत स्विकारेको छ ।
३९ वर्षीय म्याक्रो हालै एक हप्ते बिदा मनाएर काममा फर्किएका छन् । उनी फ्रान्सको चर्चित जलिट श्रम कानूनको विषयलाई लिएर चर्चामै छन् र यस्तोमा उनले मेकअपमा गरेको खर्चको खुलासा हुँदा उनी जनताको आलोचनाको सिकार हुने देखिएकोे छ ।
राष्ट्रपति भवनमा प्रवेश गरेयता उनले दुईजना मेकअप आर्टिस्टको बिल भुक्तानी गरेका छन् । जसमा एकजनाको १० हजार युरो र अर्काको १६ हजार युरोको बिल थियो ।
राष्ट्रपति कार्यालयले खर्चको बचाउ गर्दै आकस्मिक रुपमा मेकअप आर्टिस्टहरुलाई बोलाइएको भन्दै अबदेखि राष्ट्रपतिको कस्मेटिक बिल तीव्र रुपमा घट्ने दाबी गरेको छ । अहिले भुक्तान गरिएको बिलको रकम धेरै भएता पनि म्याक्रोले यसअघिका राष्ट्रपतिले मेकअपमा गर्ने गरेको खर्चको तुलनामा निकै भएको अधिकारीहरु बताउँछन् ।
गार्जियन पत्रिकाका अनुसार पूर्व राष्ट्रपति फ्रान्स्वा ओलन्द पनि यस्तै विवादमा परेका थिए । उनले १ सय दिनमा मेकअपमा ३० हजार युरो खर्चिएका थिए । उनले आफ्नो कपाल काट्नैका लागि एक नाई भर्ना गरेका थिए जसलाई चार महिनाको झण्डै १० हजार ज्याला दिइन्थ्यो । त्यस्तै पूर्व राष्ट्रपति निकोलस सार्कोजीले हरेक महिना आफ्नो मेकअपमा ८ हजार युरो खर्च गर्दथे ।

Post a Comment