सीमाबाँधका ढोका खोल्न थालियो:भारतीय राजदूत
काठमाडौ : भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालका सीमावर्ती बाँधका ढोका खोल्न थालिएको बताएका छन् । राजदूत पुरीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरी सीमा बाँधका ढोका खोल्न थालिएको जानकारी गराएका हुन ।
‘उपप्रधानमन्त्रीले टेलिफोन गरी कोशी,गण्डकी र राप्तीसहित सीमावर्ती बाँधका ढोका खोलिदिन आग्रह गर्नु भएको थियो । एक घण्टापछि भारतीय राजदूतले टेलिफोन गरी सीमा बाँधका ढोका खोल्न थालिएको जानकारी गराउनु भएको छ’ मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईले अन्नपूर्ण अनलाइनसँग भने ।
उपप्रधानमन्त्री महराले भारतीय राजदूत पुरीलाई शनिवार बिहान र अपरान्ह गरी दुई पटक टेलिफोन गरी सीमा बाँधका ढोका खोलिदिन आग्रह गरेका थिए ।
Post a Comment