Header Ads

तपाईंलाई अरब देशको कामसूत्रबारे थाहा छ ?



जूबिन बेखरेड/ बीबीसी

जतिबेला सेक्स साहित्यबारे कुरा हुन्छ तब केही विशेष व्यक्तिको नाम आउने गर्दछ । ‘लोलिता’, ‘लेडी च्याटरलीज लवर’, ‘फिफ्टी शेड्स अफ ग्रे’ जस्ता नाम दिमागमा आउँछन् । सेक्समाथि सबैभन्दा चर्चित किताब हिन्दुस्तानमा लेखियो । त्यो हो वात्स्यायनको ‘कामसूत्र’ ।

संस्कृतमा लेखिएको उक्त ग्रन्थ संसारभरी यौन सम्बन्धको सबैभन्दा राम्रो साहित्यको रुपमा चर्चित छ । सर रिचर्ड फ्रान्सिस बर्टनले कामसूत्रलाई अंग्रेजीमा रुपान्तरण गरे । यसका अन्य थुप्रै अनुवाद संसारभरी चर्चित छ । तर आज यहाँ कामसूत्रको कुरा गरिएको छैन । आज कुरा हुनेछ अरब देशको सेक्स साहित्यको ।

अरब देशमा...

अचम्मित हुनु भयो नि ! सेक्समा आधारित किताब र अरब देशमा ? यसले सबैलाई अचम्मित गरिदिन्छ । तर यो पूर्ण रुपमा वास्तविक हो । कामसूत्रको अनुवाद गर्ने सर रिचर्ड फ्रान्सिस बर्टनले नै अरबीको एक किताबको अनुवाद गरेका थिए । उक्त किताबको नाम थियो, ‘द परफ्युमड गार्डन’ ।

बर्टनले यसलाई अंग्रेजीमा अनुवाद गरेका थिए । उक्त किताबलाई १५ औं शताब्दिमा अरब देश ट्युनिशियाका शेख नफजोईले लेखेका थिए । उक्त किताबमा यौन सम्बन्ध बनाउने विभिन्न तरिका बताइएको थियो । कामसूत्रमा यौन सम्बन्ध स्थापित गर्ने तरिकाबारे लेखिने आम धारणा छ ।

महिलाको आत्मविश्वासः

यो किताबमा महिलाको अधिकारमा धेरै जोड दिइएको छ । उक्त किताब अनुसार सेक्सको अधिकार पुरुषलाई मात्र नभई महिलालाई पनि यसमा बराबरको भागीदार हुनुपर्छ । त्यसकारण उनको अधिकारलाई नजरअन्दाज गर्न सकिन्नँ ।

अर्को शब्दमा भन्न सकिन्छ कि कामसूत्रले सेक्सको मामलामा महिला आत्मविश्वासी हुनुपर्ने कुरा बताउँछ । ‘द परफ्युम्ड गार्डन’ मा यौनसम्बन्ध निकै मज्जाले स्थापित गर्नुपर्ने कुरामा चर्चा गरिएको छ । यसका साथै उक्त किताबमा कहानीमार्फत सेक्स गर्ने तरिका पनि बताइएको छ ।

मनोरञ्जनले भरपूरः

यो कहानी त्यही अन्दाजमा लेखिएको छ जुन अन्दाजमा अलिफ–लेला लेखिएको छ जुन मनोरञ्जनले भरिपूर्ण छ । ‘द परफ्युम्ड गार्डन’ मा समलैङ्गिकतामाथि पनि निकै खुलेर चर्चा गरिएको छ । बर्टनले २१ अध्याय मात्र यही विषयमा लेखेका छन् ।

बर्टनले उक्त किताबको दोस्रो भाग ‘द सेन्टेड गार्डेन’ नाम बाट लेख्न लागेको धेरैले बताएका थिए । तर त्योभन्दा अघि नै उनको मृत्यु भयो । पछि उनको थुप्रै काममाथि उनकी श्रीमती इजाबेलले आगो लगाइदिइन् ।

धार्मिक मान्यताः

अरबी साहित्यकी जानकार सारा इर्विंगका अनुसार आज अरब देशमा सेक्सको नाम मात्र लिन पनि बच्नुपर्ने अवस्थामा एक जमाना यस्तो पनि थियो जब अरब देशमा सेक्सको मज्जा बयान गर्ने किताबले धार्मिक मान्यता प्राप्त गर्दथ्यो । उक्त किताब मानिसहरुलाई यौनसम्बन्ध स्थापित गर्नका लागि सही तालिम दिने गर्दथ्यो ।

त्यसकारण यसलाई भगवानको वरदान मानिन्थ्यो । तर आज अरब देशमा सेक्सलाई वर्जित  विषय बनाइउको छ । त्यहाँका मानिसहरु सेक्स गर्दैनन् वा उनीहरुलाई रुची छैन भन्ने होइन तर मानिसहरु यस विषयमा कुरा गर्नै रुचाउँदैनन् ।

यस्तोमा ‘द परफ्युम्ड गार्डेन’ जस्ता किताबलाई शैतानी किताबको रुपमा  हेरिन्छ । एकातर्फ अरब देशमा सेक्सलाई ‘पिशाच’ को रुपमा हेरिन्छ भने दोस्रोतर्फ यहाँका मानिसहरु सेक्सका लागि पागल नै हुने गरेको पनि बताइन्छ ।

मानिसहरु यस विषयमा कुरा गर्न नरुचाएपनि अरबीहरु शारिरिक सम्बन्धका लागि हरेक काल खण्डमा निकै रुची राख्ने गरेको भन्ने कुरामा शंका छैन ।    

No comments