नवलपरासीमा राजमार्ग भत्केर यातायात ठप्प, यात्रु अलपत्र
परासी–पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा हाईवे भत्केर यातायात अवरुद्ध भएको छ ।
हिजो बिहानदेखि लागतार परिरहेको भारी बर्षाका कारण दाउन्नेको एस मोडबाट पुर्व तर्फ एक किलोमिटरको दुरीमा हाईवेको एक साईड बाटो भत्केपछि रातीदेखिनै यातायात ठप्प भएको छ ।
हाईवेको एक साईड बाटो भत्केर पुरै बाटौ नै चर्किएपछि पुर्व पश्चिम यात्रा गर्ने साना तथा ठुला सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । पानीले हाईवे करिब १० मिटर भत्केर त्यस ठाउँको हाईवे पुरै चर्केको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
भारी वर्षा कारण दाउन्ने र दुम्कीबासको विभिन्न ठाउँमा पहिरो पनि झरेको छ । एक हप्ता अगाडी नै ठाउँठाउँमा पहिरो झरेर ठप्प बनेको याताया एकतर्फी सुचारु गरिएको थियो तर फेरि राती पहिरो झरेपछि अहलिेसम्म यातायात पुर्ण रुपमा ठप्प छ ।
साना तथा ठुला सवारीहरु समेत आवत जावत गर्न सकेको छैन । रातीदेखि यातायात ठप्प परेपनि यात्रुहरु अलपत्र परेका छन् । छिनछिनमा पहिरो झरने र बाटो भत्किने क्रमले बाटोको पहिरो पन्छाउने कार्यपनि ठप्प छ । यात्रुहरु पहिरोको उच्च जोखिममा अलपत्र परेको अवस्था रहेको बताए । राजमार्ग वरिपरिका भिर (पहाड) लागातर झरिले गर्दा निकै कम्जोर भई ठाउँठाउँ पहिरो भरीरहेको छ । पुर्वपश्चिम यात्रा गर्ने यात्रीहरु उच्च जोखिम मोललिएर यात्रा गर्न बाध्य छन् । पुर्वपश्चि यात्रा गर्ने यो एक मात्र राजमार्ग हो ।
त्यस्तै निरन्तर भारी बर्षाले परासी क्षेत्रमा फेरि ठुलो बाढीले हजारांै घर डुबानमा परेका छन् । पहाड हुदै बगेको झरही, तुरिया, खजुरा, पानभार लगायतका खोलाहरुको बाँध फुटेर र ओभरफ्लो भएर बाढी गाउँहरुमा पस्दा थुप्रै गाउँ टोलहरु डुबानमा परेका छन् । यस क्ष्ोत्रमा एक हप्ता अगाडी नै गएको बाढीले प्रतापपुर, सरावल, सुस्ता, पाल्हीनन्दन, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका गरि करिब ३ हजार घर डुबानमा परेका थिए जसमध्ये १ सय ४४ घरधुरीको घर नै भत्केर विस्थापित हुन पुगेका थिए । विस्थापित र प्रभावित घरपरिवार पुर्न स्थापित हुन नपाउदै फेरि यस क्षेत्रमा बाढी पसेर हराजांै घरहरु डुबानमा परेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताए । शर्माका अनुसार खजुरा खोलाको ठाउँठाउँमा बाँध फुटेर गाउँगाउँमा बाढी पसेको बताए । बाढीले पं्रतापुर गाउँपालिकाको वार्ड नं. ३ को बरगदवा, अमहवाँ, नन्दपुर, कजडहिया, फडरहनी टोलाहरु पुनः बाढीको डुबानमा परेका छ भने वार्ड नं. ४ को ठुलोखैरेटवा, पर्सा, दरखासे, कालीबर्था वार्ड नं. ८ को फटकी टोला र ९ को माधवपुर, गोबरकटवा टोलाहरु डुबानमा परेको छ ।
त्यस्तै बाढीले सुुस्ता गाउँपालिकाको वार्ड नं. ३ का सेखुवानी, फेनहरा, रडवारेता गाउँहरु डुबानमा परेका छन् । यता सरावल गाउँपालिकाको वार्ड नं. ६ रामपुर खडौना, पुसौली, र वार्ड नं. ७ को भुजहवाँ गाउहरुँ बाढीको डुबानमा परेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । यि गाउँटोलहरु गएको साता पनि डुबानमा परेका थिए । त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको वार्ड नंं १ का रमपुरवा, शंकरपुर, चम्कीपुर, वार्ड नंं ३ पर्सीया, बेलासपुर, वार्ड ४ को पाल्ही, ५ को गेरमी र ६ को सनई गाउाँहरु बाढीको लेभल बढदै जाँदा बाढी पस्ने सम्भावना देखिएको छ भने यता बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका र सुनवल नगरपालिका केहि वाडहरुमा पनि बाढी पस्ने सम्भावना बढेको पाइएको छ ।

Post a Comment