नेपालले यी देशसँग गर्छ नाफाको व्यापार
काठमाडौँ, १३ भदौ - चुलिंदो व्यापार घाटा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नियमितता जस्तै बनेको छ । आयातको तुलनामा निर्यात वृद्धिदर निकै कम हुँदा अधिकांश देशसँगको व्यापार घाटाकै स्थितिमा छ । भन्सार विभागको तथ्याङ्क अनुसार भारतसँगमात्र नेपालको व्यापार घाटा गत आर्थिक वर्षमा करिब ६ खर्ब रुपियाँ पुगेको थियो । नेपालले अन्तर्राष्ट्रिय घाटा व्यहोरेका देशको सूची लामो छ । यद्यपि केही यस्ता देश छन् जहाँ नेपालले आयातभन्दा निर्यात बढी गरेर व्यापार नाफा गरेकोे छ, गोरखापत्रमा खबर छ ।
भन्सार विभागका अनुसार नेपालको एकोहोरो अथवा दोहोरो अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध भएका एक सय ६५ देशमध्ये २८ ओटा देशसँगको व्यापार नाफामा छ । सबैभन्दा धेरै नाफा रहेका देशको सूचीमा टर्की पहिलो स्थानमा छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नेपालले टर्कीसँग एक अर्ब तीन करोड रुपियाँ व्यापार नाफा भएको छ । नेपालले गत आवमा टर्कीबाट तीन अर्ब १६ करोड रुपियाँको बस्तु तथा सेवा आयात गरेकोमा चार अर्ब २० करोड रुपियाँको निर्यात गरेको छ । संयुक्त राज्य अमेरिकासँगको व्यापार पनि गत आवमा नाफामा रह्यो । अमेरिकाबाट आठ अर्ब ४६ करोड रुपियाँको आयात गरेकोमा आठ अर्ब ९६ करोड रुपियाँको निर्यात गरेर नेपालले ५० करोड रुपियाँ नाफा आर्जन गरेको तथ्याङ्क छ । त्यस्तै सिरियन अरब रिपब्लिकन सात करोड दुई लाख, नर्वेसँग चार करोड ७८ लाख रुपियाँ र मौरिसससँग एक करोड ६० लाख रुपियाँको व्यापार नाफा नेपालले गरेको छ । धेरै व्यापार नाफा गर्ने देशको सूचीमा यी देश क्रमशः तेस्रोदेखि पाँचौँ स्थानमा छन् । सिरियन अरब रिपब्लिकनँग नेपालले गत आवमा निर्यात मात्र गरेको छ । नाफा प्राप्त गरेका अन्य देशमा स्लोभेनिया, ग्रीस, क्रोएसिया, इरान, इस्टोनिया, मोरक्को, मोनाको, कोलम्बिया, न्यु क्यालोडेनियार जर्जिया रहेका छन् । यी सबैदेशसँग नेपालको दोहोरो व्यापार रहेको छ । एकोहोरो निर्यात मात्र गरेर व्यापार नाफा भएका देशमा बहमास, फिजी, इरिट्रिअ, बर्मुडा, उत्तरी मेरिआना आइल्याण्ड, मेसोडोनिया, पूर्वी टिमोर, भनेजुएला, कजाकस्तान, कीर्गिस्तान, आइसल्याण्ड, जिम्बावे, सेण्ट हेलेना, कङ्गो, गुआडेलौप, मलावी रहेका छन् ।
विभागको तथ्याङ्क अनुसार नेपालले गत आवमा नौ खर्ब ८४ अर्ब रुपियाँको आयात गरेकोमा ७४ अर्ब ७१ करोड रुपियाँको मात्र निर्यात गरेको छ । यसरी सो आवमा नौ खर्ब नौ अर्ब ३५ करोड रुपियाँ पुगेको विभागले जनाएको छ ।

Post a Comment