तराईमा केन्द्रीय नेता खटाउने एमालेको निर्णय
नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बिहिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न भएको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश नं २ का आठवटै जिल्लाको स्थानीय तहमा केन्द्रीय नेता नै खटाउने निर्णय गरेको छ । बैठकले २ नम्बर प्रदेशमा खटिएका केन्द्रीय पदाधिकारीको रिपोर्टको समिक्षा गर्दै उक्त निर्णय गरेको हो ।
बैठकमा प्रस्तुत गरिएको रिपोर्टमा तराईमा एमालेको पक्षमा परिस्थिति सकारात्मक बन्दै गएको, एमालेमा प्रवेशको माहोल सिर्जना भएको र भेला, बैठक, छलफल, अन्तरक्रियालगायत गतिविधि तीव्र ढङ्गले अगाडि बढिरहेको पार्टीका सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश नं २ का सबै पार्टी कमिटी, जनसंगठन, पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रुपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न बैठकले निर्देशन गरेको विज्ञप्तिमा बताइएको छ ।

सेतोपाटीमा प्रकाशित !
Post a Comment