आइतबार पनि भारी वर्षा हुने मौसमविदको भनाई
२८ साउन, काठमाडौं । आइतबार पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् ।
मौसमविद सुवास रिमालले आइतबार पनि पानी पर्ने क्रम जारी रहने बताए । ‘मनसुनी वषर्ाको गतिविधि देशभर नै सक्रिय भइरहेको छ । आइतबार पनि भारी वर्षा हुने सम्भावना देखिन्छ ।’
मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ ।
बाढीमा परेर ३० जनाको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ ।
यसअघि जल तथा मौसम विज्ञान बिभागको बाढी पूर्वानुमान शाखाले नदी तथा खोलाहरुको जलस्तर बढिरहेकाले सतर्क रहन अपिल जारी गरेको छ ।
कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीहरुमा पानीको सतह बढेर खतराको संकेत पार गरिसकेको छ ।

Post a Comment