आयल निगम छिर्न पत्रकारलाई कडाइ , २ बजेअघि प्रवेश निषेध
३१ साउन, काठमाडौं । नेपाल आयल निगममा पत्रकारलाई प्रवेश गर्न कडाइ गरिएको छ । निगममा सर्वसाधरण र व्यापारी-व्यवसायीलाई सहज प्रवेश दिइए पनि पत्रकारलाई कडाइ गरिएको हो ।
खासगरी आपूर्ति बिट अंगालेका पत्रकारलाई निगमका सूचना प्राप्त गर्न यस्तो अंकुशले अप्ठ्यारो बनाएको छ । करिव डेढ सातायता निगमले पत्रकारको प्रवेशमा कडाई गरेको हो ।
कार्यकारी निर्देशक गोपालबहादुर खड्काले निगममा पत्रकारको प्रवेशलाई यस्तो अंकुश लगाएका हुन् ।
अहिले निगम छिर्न खोज्ने पत्रकारलाई दिउँसो २ बजेपछि मात्र अनुमति दिइएको छ । २ बजेभन्दा अघि निगम छिर्न खोज्ने पत्रकारलाई गेटपालेले मूलगेट बाहिरै राख्ने गरेका छन् । भित्र जान नाम इन्ट्री गराएर भिजिटिङ कार्डसहित जाने ब्यवस्था निमममा छ ।
अन्य काम लिएर निगम छिर्न चाहे पनि पत्रकारले २ बजेभन्दा अघि प्रवेश गर्न नदिने आदेश निगमका कार्यकारी निर्देशक खड्काले गेटपालेलाई दिएका छन् ।
यसअघि पत्रकारलाई निगम प्रवेशमा यस्तो अंकुश लगाइएको थिएन ।
गेटमा खटिएका एक कर्मचरीले भने,’हामीलाई माथिको आदेश नै यस्तो छ । २ बजेअघि कुनैपनि पत्रकारलाई भित्र नपठाउनू भन्ने निर्देशन हामीलाई छ ।’
पत्रकारलाई प्रवेश निशेष गरिएकामा जिज्ञासा राख्दा निगमका प्रवक्ता वीरेन्द्र गोइतले यसबारे आफूलाई जानकारी नभएको जवाफ दिए ।
निगमले सातै प्रदेशमा विस्तार गर्न लागेको पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदका सम्बन्धमा अनियमितता भएको समाचारहरू सार्वजनिक भएपछि निगम पत्रकारमाथि खनिएको हो ।
जग्गा खरिदका सम्बन्धमा अनियमितता भएको पुष्टि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गरिसकेको छ । उक्त विषयमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
निगमले नेपालमा इन्धनको कारोबार गर्ने पूर्ण सरकारी स्वामित्वको सार्वजनिक संस्थान हो ।

Post a Comment