अरब देश पनि बालुवा आयात गर्दै, कारण यस्तो !
एजेन्सी ।
काठमाडौं, २८ भदौ — मरुभूमिमा पुगेर फोटो खिचाउने मानिसलाई यो बालुवा कहिल्यै सकिँदैन भन्ने लाग्दो हो । तर बालुवा सकिने स्थितिमा पुग्दैछ । पानीपछि सबभन्दा बढी प्रयोग हुने प्राकृतिक वस्तु बालुवा नै हो ।
हरेक निर्माणमा बालुवाको उपयोग हुने भएकाले सबैलाई बालुवा चाहिन्छ । अचम्म त के भने बालुवै बालुवाले घेरिएका खाडी मुलुक संयुक्त अरब अमिरात र कतारसमेत आफ्ना भव्य भवन बनाउनका लागि अन्य देशबाट बालुवा आयात गरिरहेका छन् ।
साइन्स जर्नलमा हालै छापिएको एक रिपोर्टअनुसार हदभन्दा बढी बालुवा उत्खनन हुँदा पर्यावरण र समुद्री जीवहरूमा संकटको स्थिति उत्पन्न भएको छ । रिपोर्ट अनुसार धेरै देशमा बालुवाको अन्धाधुन्ध प्रयोगका कारण अभावको स्थिति आएको छ ।
भियतनाममा बालुवाको माग यति चर्को छ कि देशभित्रको स्रोतले त्यसको आपूर्ति सम्भव छैन । यही स्थिति रहने हो भने सन् २०२० पछि त्यहाँ निर्माण कार्यमा बालुवाको प्रयोग गर्न एकदमै गाह्रो पर्छ ।
युएईले अस्ट्रेलियाबाट बालुवा मगाइरहेको छ । उसले बालुवा र गिट्टी आयातमै ४५ करोड डलरभन्दा बढी रकम प्रत्येक वर्ष खर्चिने गरेको छ ।
नेपाल लगायत संसारका धेरै ठाउँमा बाढीपहिरो गएका कारण पुनर्निर्माणमा बालुवाको प्रयोग झनै बढ्ने देखिएको छ । बालुवा धेरै निकालिँदा नदी र तलाउहरू सुक्ने स्थितिमा पुगेका छन् ।
रिपोर्टमा उल्लेख भएअनुसार समुद्री तटहरूमा भइरहेको बालुवा उत्खननका कारण माछा, डल्फिन र गोही जस्ता प्राणीहरू तीव्र गतिमा लोप भइरहेका छन् ।
घरमै बसेर पैसा कमाउन चाहनुहुन्छ भने यहाँ थिच्नुहोस

Post a Comment