Header Ads

दुःखले जिउन सिकाएको सम्झना खनाल अखिल क्रान्तिकारीमा उम्मेदवारी दिदै




२०७० सालको संविधान सभाको चुनावमा प्रचण्डलाई भोट माग्दै



भनिन्छ दुःखले मानिसलाई जिउन सिकाउँछ । राज्यको खेदाईबाट प्रताडित सम्झनाको जिन्दगी दुःखको एक कहानी जस्तो लाग्छ । परिवारको आम्दानीको रुपमा होटल व्यवसाय गरेको सम्झनाको परिवारले तत्कालिन माओवादीको वैचारिक सिद्धान्तलाई अंगिकार गरेवापत ठुलो पिंडा सहनुपर्यो । देशमा सुरु भएको सशस्त्र युद्धमा प्रहरी र सेना मिलेर गरेको स्टिङ्ग अपरेशनले उनको परिवारलाई धरपकड गर्ने र अनावश्यक दुःख दिन थाल्यो । नवलपरासी जिल्लाको प्रगतिनगरमा बिहान र बेलुकाको छाक टार्न र २ छोराछोरी पढाउन होटल व्यवसाय गरेका  सम्झनाका अभिभावकलाई प्रहरीको लगातार धरपकड र सोधपुछले गर्दा प्रगतिनगर छोड्न बाध्य बनायो ।

बिहानको ८ ९ बजेको थियो होला । कतिबेला प्रगतिनगर छोड्ने भन्ने पत्तो थिएन । बाबालाई कतिबेला प्रहरीले पक्रिन्छ र जिवन लिला समाप्त गर्दिन्छ भन्ने चिन्ता र त्रासले एकसाथ सताएको थियो । सम्झनाले आफ्नो विगत सम्झिइन । कक्षा ३ मा अध्ययन गर्दागर्दै प्रगतिनगरबाट भागेर चितवन आउनुपर्यो । चितवन आइपुगेपछि घरपरिवार पाल्न र पढाईलाई निरन्तरता दिन उनको परिवारले फलफुल व्यवसाय गर्यो । आमाले कमलनगर चोकमा ठेलामा केरा बेच्नुहुन्थ्यो । म कक्षाबाट फर्केर आएपछि बेलुकातिर बाँकी रहेको केरा बेच्न पुग्थेँ । त्यहाँ मैले लौ केरा लैजानुहोस है केरा लैजानुहोस भनेर चिच्याउँथे । पछि पछि बोल्ने बानी पर्न थाल्यो । त्यहिँबाटै मेरो बोल्ने बानीको बिकास भएको हो । सम्झनाले सम्झिन ।

प्रगतिनगरमा कक्षा ३ पढ्दापढ्दै चितवन भागेर आएपछि धन्न कक्षा ३ मा नै पढ्न पाइयो । लगभग डेढ बर्षको चितवन बसाई पछि बाबा र आमा दुवैलाई सेना र प्रहरीले खेद्न थालेपछि हामी काठमाडौँ आयौँ । पढाई बिचमै रोकियो । पढाईमा अब्बल भएर के गर्नु ? पढ्ने खर्च थिएन । कमलनगरमा केरा बेच्दा प्रयोग गरेको ठेला बेचेर आएको १४ हजार रुपैयाँ लिएर आमा, बा, दाई र म भएर काठमाडौँ आइपुग्यौँ । न कसैलाई चिनेको, न कसैलाई जानेको । को सँग सहयोग माग्नु र कसरी गुजारा गर्नु ? परिवारमा दुःखले जरो गाडेको थियो । बिहान के खाउँ, बेलुका के खाउँ को स्थितिमा काठमाडौँ आइपुगेका हामिलाई । मानिसलाई रिन लागोस दिन नलागोस भन्ने उखान सुनेकी थिएँ । तर मेरो परिवारलाई रिन र दिन एकै चोटी लागेको थियो । स्कुल पढ्नको लागी १० हजार रुपैयाँ लाग्थ्यो । तर आमाबुवासँग १४ हजार रुपैयाँ मात्र थियो । बाबा अर्धभुमिगत नै हुनुहुन्थ्यो । मैले बिहान र बेलुकाको हातमुख जोर्नकै लागी होटलमा भाँडा माझ्न थाले ।
उनि भक्कानिन्छिन ।

हो त्यतिबेला देखि नै हो मैले भगवान छैनन भन्ने थाहा पाएको । कुनै एउटा बिचारलाई समर्थन गरेकै कारण सबै ठाउँबाट खेदिनु साँच्चै नै अन्याय थियो । यदि भगवानले न्याय दिने भए सायद हाम्रो त्यो दिन आउँदैन थियो होला ।

भावुक हुँदै उनले भनिन ।

बिहान बेलुकाको आवश्यकता पुरा गर्न भाडा माझ्नु पर्दा मनै अमिलो भएर आउँछ । आफ्नो उमेर समुहका साथीहरु झोला बोकेर स्कुल जाँदा म तिनीहरुलाई हेरेर रुदै रुदै भाडा धोइरहेको हुन्थे । करिब एक बर्षसम्म होटलमा भाडा माझेपछि स्कुल भर्ना हुने पैसा निस्कियो । त्यसपछि म काठमाडौँको रारा हिल मेमोरियल स्कुलमा भर्ना भएँ । कक्षा ४ पढ्दापढ्दै रोकिएको मेरो पढाई कक्षा ६ बाट रारा हिल स्कुलमा सुरु गरेँ । दुःख गर्दा कस्तो हुन्छ भन्ने अनुभव भएकोले मैले सारा ध्यान आफ्नो पढाईमा केन्द्रित गर्न थालेँ । फलस्वरुप म राराहिल स्कुलको स्कुल टपर पनि भएँ । पढाईमा उत्कृष्टता हासिल गर्दै जाँदा मलाई कक्षा १२ सम्म इटालीका समाजसेवी एवम् हिमाल आरोहि फाउस्ट डि स्टेफेनीले सम्पुर्ण पढाई खर्च बेहोरिदिए ।


म कक्षा ८ मा पढ्दै गर्दा दोस्रो जनआन्दोलन पनि भयो । म पनि आन्दोलनमा होमिए । जनआन्दोलनमा जादाँ प्रहरीको लाठी प्रहार पनि सहेँ ।
उनले सम्झिइन ।
यसरी मैले स्कुल टप गरेर कक्षा १२ पनि पास गरेँ । त्यसपछि मैले लमजुङ क्याम्पसमा बि. एस्सि एजि पढ्न सुरु गरेँ । दाई हुर्किदै जानुभयो । शान्ति सम्झौता पनि भयो । यसपछि परिवारको आयस्रोत पनि बढ्न थाल्यो । परिवार नै पुरै माओवादीमा भएकोले म मा राजनैतिक छाप सानैदेखि परेको थियो । अखिल क्रान्तिकारीका दाई दिदीहरुसँग पनि सँगत भयो । यो बिचमा मैले सँगठनका बिभिन्न ओहोदामा रहेर तोकिएको जिम्मेवारी पुरा गरेकी थिएँ ।
लमजुङ कृषि क्याम्पसको निवर्तमान अध्यक्ष हुँदै हाल म केन्द्रिय सदस्यजस्तो ओहोदामा रहको छु ।  बिद्यार्थीहरुको हकहितको लागी बिभिन्न साथीहरुको साथ लिएर आन्दोलनको भुमीबाट क्याम्पसमा केटि बिद्यार्थीहरुको लागी छात्रावासको व्यवस्था गर्नका लागी बिभिन्न भुमिका निर्वाह गर्नुका साथै क्याम्पस प्रशासनलाई निरन्तर साथ लिएर बिद्यार्थीहरुको हकहितका लागी निरन्तर आन्दोलनमा लागीरहेँ । बिद्यार्थीहरुको समस्याको सम्बोधन र संगठन बिस्तारमा मैले गरेको योगदानको कदर गर्दै संगठनले हाल मलाई अखिल क्रान्तिकारीको लम्जुङ जिल्ला संयोजकको जिम्मेवारी सुम्पिएको छ ।

आँखा भरी आँशु बनाउँदै उनले बताइन । परिवारले द्वन्द्वपिडित भएर बिस्थापन हुँदा पनि बिभिन्न दुःख र कष्ट सहेर पार्टीमा योग्दान दिइरहेको सन्दर्भमा मैले पनि बिद्यार्थीहरुको संगठनमा आफ्नो जिवन र समय व्यतित गरेकी छु । उनि भन्छिन मेरो श्वास रहेसम्म र प्राणले यो धर्ति छोड्न एक पलसम्म पनि बाँकी रहँदा मेरो लागी मेरो पार्टी र संगठन भन्दा ठुलो केहि हुने छैन । आर्थिक अभाव र गरिवीसँग जुध्दै आफ्नो जिवन अगाडि बढाउन चाहने सबै द्वन्द्वपिडित र सर्वहारा जनताको छोराछोरीको इच्छा पुरा गर्न नै आफु राजनितिमा आएको सम्झना बताउँछिन ।

आङमा लुगा लगाउन नसक्ने, हातमुख जोर्न र शिक्षाको उज्यालो घामबाट बञ्चित, आवाज बिहिन आवाजहरु बोकेका लाखौँ युवाहरुको माग पुरा गर्नका लागी आफु आसन्न अखिल क्रान्तिकारीको २१ औँ महाधिवेशनमा सचिवालय सदस्यमा उम्मेदवारी दिएको पनि उनि बताउँछिन ।
सम्झना दुःख र पिंडाले खारिएर सँगठनमा आएकी उदाहरणीय पात्र हुन जसले लाखौँ नेपाली युवा तथा बालिकाहरुले शिक्षाको लागी गरेको संघर्ष आफैले भोगेर आएकी छन र उनिले प्रमाणित गरेकी छन कि दुःखले जिवन सिकाउँछ ।

No comments